Oct 28 2026 | २०८३ कार्तिक १२ गते

दुबईमा रूरू - रेसुङ्गा सांस्कृतिक साँझ - २ हुने

दुबईमा रूरू - रेसुङ्गा सांस्कृतिक साँझ - २ हुने

मंगलवार, जेठ २९ २०८१
  •  

    यूएई । दुबईमा रूरू - रेसुङ्गा सांस्कृतिक साँझ - २ हुने भएको छ। गुल्मी सेवा समाज यूएईको आयोजना आउँदो जुन १६ गते आइतवार दुबईस्थित क्लब एसके - ७ मा  रूरू - रेसुङ्गा सांस्कृतिक साँझ - २ हुने भएको हो।

    images

    गुल्मीमा अवस्थित विभिन्न पर्यटकीय क्षेत्रको साथै गुल्मीमै उत्पादन गुल्मेली कफीको प्रचार प्रसार गर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको कार्यक्रम उद्घोषक तथा गुल्मी सेवा समाज यूएईका प्रवक्ता कमल जंङ्ग कार्कीले बताए।

    कार्यक्रममा आधुनिक पप गायक कलम खत्री, लोकदोहोरी गायिका बन्दना पाण्डे  र नृत्यगङ्ना अस्मिता राना मगरको प्रस्तुती रहने कार्यक्रम संयोजक जीवन कुँवरले बताएका छन्।

    आयोजकले कार्यक्रम सफल पार्न यूएईमा रहेका सबै संघसस्थालाई सहयोग गर्न अपिल गरेका छन्। भने यूएईमा रहेका  संघसस्थाहरूले कार्यक्रममा सहयोग गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार