Oct 28 2026 | २०८३ कार्तिक १२ गते

१२ कात्तिकदेखि ३ दिन पदयात्रा अनुमति नदिइने

१२ कात्तिकदेखि ३ दिन पदयात्रा अनुमति नदिइने

बुधवार, कार्तिक १२ २०८३
  • काठमाडौं । अध्यागमन विभागले आगामी कात्तिक १२ देखि १४ गतेसम्म जोखिमयुक्त क्षेत्रमा पदयात्रा अनुमति नदिने भएको छ ।
    विभागले जारी गरेको सूचनाअनुसार उक्त अवधिमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको पूर्वानुमान गरिएको छ ।
     
    सम्भावित जोखिमलाई ध्यानमा राख्दै विभागले पदयात्री तथा विदेशी पर्यटकलाई सुरक्षित रहन र निषेधित क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेको छ ।
     
    विभागका अनुसार जोखिमयुक्त क्षेत्रमा पदयात्राका लागि अनुमति दिने कार्य आजैदेखि बन्द गरिएको छ । साथै, उक्त क्षेत्रमा यसअघि नै पदयात्रामा गइसकेका पर्यटक तथा पदयात्रीलाई सुरक्षित स्थानमा रहन पनि विभागले सूचित गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार