Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रकृति संरक्षणका नक्षत्रहरूको सम्झनामा : घुन्सा दुर्घटनाको २० वर्ष र  अधुरो सपना

प्रकृति संरक्षणका नक्षत्रहरूको सम्झनामा : घुन्सा दुर्घटनाको २० वर्ष र  अधुरो सपना

बुधवार, आश्विन ७ २०८३
  • ✒️सम्पादकीय 

    हिरालाल श्रेष्ठ, काठमाडौँ । आज असोज ७ गते (९सेप्टेम्बर २३) नेपाली प्रकृति संरक्षणको इतिहासकै सबैभन्दा कालो र स्तब्धकारी दिन। आजभन्दा ठीक २० वर्षअघि (सन् २००६ मा) ताप्लेजुङको घुन्सामा भएको दुःखद हेलिकप्टर दुर्घटनामा हामीले देश तथा विदेशका प्रख्यात २४ जना प्रकृतिप्रेमी एवं वरिष्ठ संरक्षणविद्हरूलाई गुमाएका थियौँ। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन समितिको ऐतिहासिक जिम्मेवारी स्थानीय समुदायलाई हस्तान्तरण गरेर फर्कने क्रममा भएको उक्त दुर्घटनाले नेपालको मात्र होइन, विश्वकै पर्यावरण संरक्षणको क्षेत्रमा कहिल्यै पुरिन नसक्ने ठूलो क्षति पुर्‍याएको थियो।

    images

    उक्त त्रासदीमा ज्यान गुमाउनुभएका स्वदेशी तथा विदेशी राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको स्मृतिमा आज काठमाडौँ उपत्यकाका विभिन्न वातावरण एवं वन्यजन्तु संरक्षणका क्षेत्रमा क्रियाशील संघसंस्थाहरूले विविध स्मृति सभा तथा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिरहेका छन्।

    स्मृति सभाहरूमा उपस्थित संरक्षणकर्मी, पर्यावरणविद् र नागरिक समाजका प्रतिनिधिहरूले दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूले देखाएको बाटो र अधुरा सपनाहरूलाई पूरा गर्ने प्रण गरिरहेका छन्।

    प्रतिवद्धता र पर्यावरणको मार्गचित्र
    घुन्सा दुर्घटनामा तत्कालीन वन तथा भू-संरक्षण राज्यमन्त्री गोपाल राई, प्रख्यात भूगोलविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान शाक्य, विश्व वन्यजन्तु कोष (WWF) नेपालका तत्कालीन प्रतिनिधि डा. चन्द्रप्रकाश गुरुङ, मिङ्मा शेर्पा, र कतिपय अन्तर्राष्ट्रिय संरक्षण साझेदार संस्थाका उच्च अधिकारीहरूको सामूहिक अवसान भएको थियो। उहाँहरू केवल नाम मात्र हुनुहुन्नथ्यो, नेपालको दिगो विकास, जैविक विविधता संरक्षण र समुदायमा आधारित प्राकृतिक स्रोत व्यवस्थापनका बलिया खम्बाहरू हुनुहुन्थ्यो।

    आजको दिनले हामीलाई केवल आँसु र शोक मात्र दिँदैन, बरु पर्यावरण संरक्षणमा समुदायको सहभागिता कति महत्त्वपूर्ण छ भन्ने उहाँहरूको दूरदर्शी सोचलाई पुनः स्मरण गराउँछ। नेपालले जैविक विविधता र बाघ तथा गैँडा जस्ता दुर्लभ वन्यजन्तुको संरक्षणमा हासिल गरेका हालका सफलताहरू उहाँहरूले नै कोर्नुभएको बलियो जगको परिणाम हो।

    1e815099-6a11-4ca3-a2b4-d910f7b98bb5 (1).jpg

    अधुरो सपना पूरा गर्ने चुनौती
    जलवायु परिवर्तनको तीव्र संकट, अनियन्त्रित भौतिक पूर्वाधार निर्माण र प्राकृतिक स्रोतको दोहन बढिरहेको वर्तमान परिप्रेक्ष्यमा, यी दिवंगत प्रकृतिप्रेमीहरूप्रति सच्चा श्रद्धाञ्जली तिनै हुनसक्छ, जसले उहाँहरूको नीति र दर्शनलाई व्यवहारमा उतार्न मद्दत गर्छ। आजको स्मृति सभाहरूले राज्य र युवा पुस्तालाई प्रकृति संरक्षणको महाअभियानमा अविचलित रूपमा लाग्न ठूलो ऊर्जा र प्रेरणा दिइरहेका छन्। प्रकृति रहे मात्र मानव अस्तित्व सम्भव छ भन्ने सत्यलाई बुझेर उहाँहरूले दिएको योगदानलाई इतिहासले सधैँ स्वर्ण अक्षरमा सम्झिरहनेछ।

    वन्यजन्तु र प्रकृतिको रक्षार्थ आफ्नो जीवन आहुति दिने ती महान् आत्माहरू प्रति भावपूर्ण हार्दिक श्रद्धासुमन !

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार