Oct 28 2026 | २०८३ कार्तिक १२ गते

ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) को साधारण सभा सम्पन्न

ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) को साधारण सभा सम्पन्न

सोमवार, आश्विन १९ २०८३
  • काठमाडौँ । "विना शोधभर्ना विरामीलाई रगत उपलब्ध गराउन स्वयंसेवी रक्तदान अभियानमा सहभागी होऔं" भन्ने मूल नाराको साथ ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) को २९ औं साधारण सभा असोज १८ गते आइतबार सम्पन्न भएको छ। 

    राष्ट्र गान तथा दिवंगत संस्थापक एवं स्वयंसेवी रक्तदाताहरूप्रति एकमिनेट मौनधारणपछि प्रमुख अतिथि बागमती प्रदेशका माननीय आर्थिक मामला तथा योजना मन्त्री सरल सहयात्री पौडेलबाट पानसमा बत्ती बालेर समुद्घाटन गरिएको साधारण सभाको अध्यक्षता ब्लोदानका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठले गर्नु भएको थियो।   

    images

    WhatsApp Image 2026-10-05 at 12.10.48 PM.jpegसभामा विशेष अतिथि संरक्षक भाष्करराज राजकर्णिकार; अतिथिहरू संस्थापक एवं वरिष्ठ सल्लाहाकार, सूर्यकुमारी श्रेष्ठ, निवर्तमान अध्यक्ष ई. सानुबाबु प्रजापति, नेपाल रेडक्रस सोसाईटी (ने.रे.सो.), केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादव, काठमाण्डौं जिल्ला बचत तथा ऋण सहाकरी संघका अध्यक्ष दीपक पनेरुले शुभकामना मन्तव्य राख्नुभएको थियो। मन्तव्यको क्रममा वक्ताहरूले "एक घर, एक रक्तदाता", "रगतको अभावमा कसैको ज्यान नजाओस्", "सरकारले बजेटमा रकम विनियोजन गरेर नि:शुल्क रगतको व्यवस्था गर्नु पर्ने", "सुरक्षित र संगठित रक्तदाता स्वयंसेवी अभियानलाई जोड दिनुपर्ने", "रक्तदानको साथमा ईच्छादान, एकदिनमा एक रूपैंया अभियान" जस्ता कुराहरूमा विशेष जोड दिएका थिए।प्रमुख अतिथिबाट उद्घाटन मन्तव्यको क्रममा अतिथि वक्ताहरूको विचारहरूलाई सम्वोधन गर्दै "ब्लोदानले कार्ययोजना बनाएर ल्याएमा सहयोग र सहकार्य गर्ने प्रतिवद्धता" व्यक्त गर्नु भयो।  

    WhatsApp Image 2026-10-05 at 12.10.49 PM (1).jpeg
    undefined

    उद्घाटन सत्रमा प्रमुख अतिथिबाट रक्तदाता जनचेतनामूलक साइकल ऱ्याली, विभिन्न संस्थाहरूको आयोजनामा रक्तदान, उपत्यकाव्यापी विद्यालयस्तरीय चित्रकला प्रतियोगिता,  वक्तृत्वकला प्रतियोगिता, तथा महिला अन्तरक्रिया कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्नुहुने  केन्द्रीय पदाधिकारी/सदस्यलाई "मायाको चिनो" एवं विभिन्न विधामा उत्कृष्ठ कार्य गर्नुहुने केन्द्रीय सदस्य, सल्लाहकार, ने.रे.सो. का ल्याव टेक्निसिएन, र युवा रक्तदातालाई विशेष सम्मान प्रदान गरिएको थियो। 

    सभाको बन्द सत्रमा महासचिवद्वारा प्रस्तुत गरिएको सागठनिक प्रतिवेदन तथा वार्षिक कार्य प्रगति एवं कोषाध्यक्षद्वारा पेश गरिएको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा अनुमोदन गरेको छ। 

    साधारण सभामा ने. रे. सो. काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्ला शाखाका सभापतिहरू, स्वयंसेवी रक्तदाता महानुभावहरू,  रक्तदान कार्यक्रम आयोजक संघसंस्थाका प्रतिनिधिहरू, ब्लोदानका सदस्य संस्थाका प्रतिनिधिहरू, जिल्ला शाखा, क्षेत्रीय समिति, नगरसमिति, केन्द्रीय कार्य समितिको पदाधिकारी एवं सदस्यहरू, आजीवन सदस्यहरू, पार्षदहरू, पत्रकारहरू शुभचिन्तकहरूको अतिथिको रूपमा गरिमामय सहभागिता रहेको थियो। 

    प्रमुख अतिथि, विशेष अतिथि, वरिष्ठ सल्लाहकार एवं सल्लाहकारहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू तथा सम्पूर्ण आमन्त्रित अतिथि महानुभावहरूलाई केन्द्रीय उपाध्यक्ष उज्वल के.सी.ले हार्दिक स्वागत गर्नु भएको थियो। नेपाः वे‌ङ्क्वेट, खुसिबुँ,  लिंकरोडमा आयोजना गरिएको साधारण सभा महासचिव मचाकाजी महर्जनले सञ्चालन गर्नु भएको थियो।   

    ब्लोदान रक्तदान कार्यक्रम आयोजना गर्ने संस्थाहरूको छाता संस्थाको रूपमा वि सं २०४६ सालमा स्थापना  भएको हो। यसले स्थापनाकालदेखिनै ने. रे. सो. लगायत सम्वन्धित सम्पूर्ण सरोकारवाला पक्षहरूसँग सहकार्य गर्दै विना सोधभर्ना विरामीलाई शत्प्रतिशत सुरक्षित रगत उपलब्ध गराउने वातावरण बनाउँदै आएको छ । साथै नेपाल सरकारद्वारा निर्दिष्ट राष्ट्रिय रक्त सञ्चार नीतिको राष्ट्रव्यापी कार्यान्वयनसहित राष्ट्रिय रक्त कार्यक्रमलाई सफल बनाउन क्रियाशील रहँदै आइरहेको छ भने रक्तदान गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूको महासंघ (International Federation of Blood Donor Organization-IFBDO) मा नेपालको तर्फबाट सन् २००६ देखि सदस्य संस्था पनि हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार