Oct 28 2026 | २०८३ कार्तिक १२ गते

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ६८ मापसे चालकसहित ६४३ सवारीसाधन कारबाहीमा

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ६८ मापसे चालकसहित ६४३ सवारीसाधन कारबाहीमा

बुधवार, कार्तिक १२ २०८३
  • काठमाडौं । उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि कारबाही गरिएको छ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गरिएको हो।

    images

    कार्यालयका अनुसार तीव्र गतिमा सवारी चलाउने १०३, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६८ र सिसिटिभी निगरानीमार्फत पहिचान भएका ४० सवारीसाधनमाथि कारबाही गरिएको छ।

    त्यस्तै, ट्राफिक बत्ती उल्लङ्घन गर्ने ३४, हर्न निषेधको नियम उल्लङ्घन गर्ने ९, सवारीको अवस्था ठीक नभएका ८ र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने ८ सवारीसाधनमाथि कारबाही गरिएको छ।

    यसै गरी, अन्य शीर्षकमा ३७३ सवारीसाधनमाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार