Oct 28 2026 | २०८३ कार्तिक १२ गते

मृगौला पीडितलाई एनआरएनए यूएईको आर्थिक सहयोग

मृगौला पीडितलाई एनआरएनए यूएईको आर्थिक सहयोग

सोमवार, जेठ २८ २०८१
  • काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी यूएईले मोरङ रतूवामाई- ९,का मृगौला पीडित देवेन्द्र प्रसाद बाँस्तोलालाई आर्थिक सहयोग गरेको छ।

    यूएईमा कार्यरत हुँदा मृगौलामा समस्या देखिएपछि उपचारका लागि नेपाल आएका बाँस्तोलालाई एनआरएनए एनसीसी यूएईले गत शुक्रवार एक लाख रूपैयाँ नेपाल पठाएको हो।

    images

    उनी लामो समयदेखि यूएईमा कार्यरत थिए। तर अचानक मृगौलामा समस्या देखिएपछि उपचारको लागि २०१९ मा नेपाल फर्केका थिए। नेपाल आएसँगै उनले मृगौला प्रत्यारोपण गराए। 

    मृगौला प्रत्यारोपण गरेको ठाउँमै इन्फेक्सन भएर पुन: उपचारको लागि सहयोग पठाइएको गैर आवासीय नेपाली संघ एनआरएनए एनसीसी यूएईका अध्यक्ष विकास शाहीले बताए।

    एनआरएनए एनसीसी यूएईका उपाध्यक्ष शम्भु वाईवाको अग्रसरतामा संकलन गरिएको रकममा एनआरएनए एनसीसी यूएई पदाधिकारीहरूले व्यक्तिगत सहयोग गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार