Oct 28 2026 | २०८३ कार्तिक १२ गते

चिर्पट प्रहारबाट एक जना मृत्यु

चिर्पट प्रहारबाट एक जना मृत्यु

सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ।

बुधवार, कार्तिक १२ २०८३
  • काठमाडौँ । सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ।

    प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय परियारको घरको आँगनमा राजीलाई दाउराको चिर्पटले टाउको र बायाँ खुट्टामा प्रहार गरेका थिए।

    images

    चिर्पट प्रहारबाट घाइते भएका राजीलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएको थियो।

    उपचारका क्रममा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि उनलाई कोहलपुर मेडिकल कलेज लगिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार