Oct 28 2026 | २०८३ कार्तिक १२ गते

महिला इन्जिनियरलाई पिट्ने पुरुष इन्जिनियर पक्राउ

महिला इन्जिनियरलाई पिट्ने पुरुष इन्जिनियर पक्राउ

सोमवार, कार्तिक १० २०८३
  • काठमाडौं । इन्जिनियर महिलामाथि हातपात गर्ने पुरुष इन्जिनियर पक्राउ परेका छन् । इटहरी महानगरपालिका–९ मा कार्यरत इन्जिनियर एलिना अधिकारीमाथि असोज पहिलो साता हातपात भएको थियो ।

    इलाका प्रहरी कार्यालय इटहरीले जनाएअनुसार अधिकारीमाथि हातपात गरेको आधारमा उपमहानगरकै योजना शाखामा कार्यरत अर्का इन्जिनियर भवेन्द्र चौधरी पक्राउ परेका हुन् । पीडित अधिकारीले आफूमाथि हातपात गरेको भनी किटानी जाहेरी दिएकी थिइन् ।

    images

    जाहेरीका आधारमा सुनसरी जिल्ला अदालतबाट चौधरीलाई पक्राउ गर्न असोज ५ गते पक्राउ पूर्जी जारी भएको थियो । घटनापछि उनी फरार थिए । प्रहरीले उनलाई इटहरीको पश्चिम लाइनबाट पक्राउ गरेको हो ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार