Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ

बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ

बुधवार, आश्विन २८ २०८३
  • काठमाडाैँ । बारामा सशस्त्र प्रहरीले ११ लाख ४६ हजार रुपैयाँ बराबरका भन्सार छलीका कपडा तथा तीनवटा मोटरसाइकल बरामद गरेको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ।

    मंगलबार बाराको सुवर्ण गाउँपालिका–३, पचगछिया नजिकको सीमा क्षेत्रमा भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीले उक्त सामान बरामद गरेको हो।

    images

    सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीका अनुसार बरामद सामग्रीमध्ये ६ लाख ९६ हजार रुपैयाँ बराबरका साडी तथा धोती र ४ लाख ५० हजार रुपैयाँ बराबरका तीनवटा मोटरसाइकल रहेका छन्।

    सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म पिपरपाती र बोर्डर आउट पोस्ट (बीओपी) बेनौलीबाट खटिएको गस्ती टोलीलाई देखेपछि केही व्यक्ति मोटरसाइकलमा ल्याउँदै गरेको सामान छाडेर फरार भएका थिए । सोही क्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो।

    बरामद कपडा तथा मोटरसाइकल र नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार