Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इरानको जेलबाट छुटेपछि नेपाल आइपुगे ५ नेपाली

इरानको जेलबाट छुटेपछि नेपाल आइपुगे ५ नेपाली

शुक्रवार, श्रावण ९ २०८२
  • काठमाडौं । इरानको जेलबाट रिहा भएका पाँच नेपालीलाई सरकारले नेपाल ल्याएको छ। 

    परराष्ट्र मन्त्रालयले आज (शुक्रबार) दिएको जानकारीअनुसार इरानको जेलमा रहेका ५ नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्न आदेश दिएपछि बिहीबार काठमाडौँ ल्याइएको हो। 

    images

    तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन आईओएम) को सहयोगमा उनीहरूलाई स्वदेश ल्याइएको मन्त्रालयले जनाएको छ। 

    तर परराष्ट्र मन्त्रालयले उनीहरूको नाम सार्वजनिक गरेको छैन। यसअघि इराजयल र इरानबीच द्वन्द्व हुँदा पनि तीन चरणमा गरी ९ नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको जानकारी पनि मन्त्रालयले दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार