Oct 28 2026 | २०८३ कार्तिक १२ गते

यूएईमा नेपाली दूतावासबाट श्रम वैधानिकीकरण सेवा सुरु

यूएईमा नेपाली दूतावासबाट श्रम वैधानिकीकरण सेवा सुरु

आइतवार, श्रावण ४ २०८२
  • काठमाडौं । नेपाली दूतावास अबुधाबीले शनिबारदेखि ‘दूतावासस्तरीय श्रम वैधानिकीकरण सेवा’ औपचारिक रूपमा सुरु गरेको छ। विदाको दिन सेवा प्रवाह गर्दै नेपाली श्रमिकलाई थप सहजता गर्ने उद्देश्यले यो सेवा प्रारम्भ गरेको दुतावासले जनाएको छ ।

    सेवाको पहिलो दिन तीन जना पुरुष र दुई जना महिला सेवा लिन दूतावास पुगेका थिए। उनीहरूलाई श्रम काउन्सिलर दीपेन्द्र पौडेल, श्रम सहचारी पंकज लाभ कर्ण तथा उपनियोग प्रमुख रञ्जिता दाहाल लगायतले आवश्यक सहजीकरण गरेका थिए। सेवा लिनेहरूलाई मुस्कान मात्र होइन, मिठाइ सहित स्वागत गरिएको थियो।

    images

    श्रम वैधानिकीकरण सेवा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले करिब पाँच महिना अघि दुबईमा एक कार्यक्रम मार्फत उद्घाटन गरेका थिए। यद्यपि प्राविधिक तयारी नहुँदा सेवा सुरु गर्न केही ढिलो भएको दूतावासले जनाएको छ।

    दूतावासका अनुसार, २०२४ सेप्टेम्बर २४ सम्म जुनसुकै माध्यमबाट यूएई आएका र भिसा लागिसकेका तर एकपटक पनि श्रम स्वीकृति नलिएका नेपालीहरूले यो सेवा लिन सक्नेछन्।

    सेवा लिन इच्छुकले सामाजिक सुरक्षा कोष तथा बीमा शुल्क आफैंले तिरी, आवश्यक फारम भरेर बायोमेट्रिकका लागि दूतावासमा उपस्थित हुनुपर्नेछ।

    हाललाई यो सेवा प्रत्येक महिनाको पहिलो शनिबार र तेस्रो शनिबार प्रदान गरिने दूतावासले जनाएको छ । दुबईमा कन्सुलेट मार्फत सेवा सुरु गरेपछि भने अन्य दिनमा समेत  खुल्ला रहनेछ ।

    सेवा लिने रोजी पुलामी मगरले दूतावासको पहलबाट खुसी व्यक्त गर्दै भनिन्, ‘मुस्कान र मिठाइले स्वागत सहितको शैली फरक लाग्यौं । त्यस्तै, साउदी सीमा शिलाबाट दूतावास आएका महम्मद जमल हुसैनले सहज र सरल सेवा पाएको अनुभव सुनाए।

    दूतावासको यो पहलले यूएईमा रहेका अनौपचारिक अवस्थामा काम गरिरहेका नेपाली श्रमिकहरूलाई कानुनीरूपमा सुरक्षित बनाउने विश्वास लिइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार