Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपालका लागि दक्षिण कोरियाली राजदूतसँगको भेटमा प्रधानमन्त्री ओलीले के भने ?

नेपालका लागि दक्षिण कोरियाली राजदूतसँगको भेटमा प्रधानमन्त्री ओलीले के भने ?

बिहिवार, भाद्र ६ २०८१
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले आज शिष्टाचार भेट गरेका छन् ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन प्रवर्द्धनलगायत दुई पक्षीय हितका विविध क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

    images

    प्रधानमन्त्री ओलीले नेपालको विविध क्षेत्रको विकासमा दक्षिण कोरियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका थिए । राजदूत पार्कले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गरेका थिए ।

    भेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार