काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले मलेसिया सिन्डिकेटविरुद्ध मंगलबार व्यवसायीको हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ।
एसोसिएसनले मलेसियाको रोजगारीमा सिन्डिकेट देखिएको भन्दै त्यसविरुद्ध एकताबद्ध भई व्यवसाय र व्यवसायीको अस्तित्व, स्वतन्त्रता र नैसर्गिक अधिकार जोगाउने महाअभियान सुरु गरेको समेत बताएको छ।
व्यवसायी एक भएको अवस्थामा सिन्डिकेट परास्त हुने भन्दै एसोसिएसनले सिन्डिकेटविरुद्ध खबरदारी भेला तथा हस्ताक्षर अभियान चलाउने निर्णय गरेको अध्यक्ष रामप्रसाद गैरेले जानकारी दिए।कार्यक्रम दिउँसो ३ बजेपछि बत्तीसपुतलीको अनुपम फुडल्यान्डमा हुने बताइएको छ।



