Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

श्रममन्त्री र नेपालका लागि युएई राजदूतबिच शिष्टाचार भेटवार्ता

श्रममन्त्री र नेपालका लागि युएई राजदूतबिच शिष्टाचार भेटवार्ता

सोमवार, भाद्र ८ २०८३
  • काठमाडाैँ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शामसीबिच साेमबार द्विपक्षीय शिष्टाचार भेटवार्ता भएको छ।

    भेटका क्रममा मन्त्री यादवले नेपाली श्रमिक संयुक्त अरब इमिरेट्स (युएई)जाँदा लिनुपर्ने प्रहरी चारित्रिक प्रमाणपत्रसम्बन्धी दोहोरो प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्थालाई सरल बनाउँदै श्रमिकलाई सहज हुने व्यवस्था गर्न अनुरोध गरे।

    images

    यस विषयमा राजदूत शामसीले युएई सरकारसँग निरन्तर छलफल र समन्वय भइरहेको जानकारी गराउँदै आवश्यक पहल जारी रहने आश्वासन दिए।

    त्यसैगरी, नेपाल र युएईबीच भएका द्विपक्षीय श्रमसम्बन्धी समझदारी तथा सहमतिहरूको प्रभावकारी कार्यान्वयनका लागि संयुक्त कार्य समूहको बैठक शीघ्र आयोजना गर्ने विषयमा समेत सहमति भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार