Oct 28 2026 | २०८३ कार्तिक १२ गते

राजा चार्ल्सपनि तानिए एआई बहसमा, छलफलका डाके उच्चस्तरीय बैठक

राजा चार्ल्सपनि तानिए एआई बहसमा, छलफलका डाके उच्चस्तरीय बैठक

बिहिवार, आश्विन १ २०८३
  • काठमाडौँ । बेलायतका राजा चार्ल्स तृतीयले एआईको सुरक्षित र समाजहितमा प्रयोगबारे छलफल गर्न बिहीबार उच्चस्तरीय बैठक आयोजना गर्दैछन् । बैठकमा बेलायत सरकार, एआई कम्पनी, प्रविधि क्षेत्र तथा गैरसरकारी संस्थाका प्रतिनिधि सहभागी हुनेछन् । एनभिडियाका प्रमुख जेन्सेन ह्वाङ, गुगल डीपमाइन्डका संस्थापक डेमिस हासाबिस, बेलायतका एआई मन्त्री कनिष्का नारायण तथा ओपनएआई र एन्थ्रोपिकका प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।

    बैठकमा मानिस र वातावरण दुवैका लागि लाभदायक हुने गरी एआई विकास र प्रयोगका साझा सिद्धान्त तथा ढाँचा निर्माण गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा छलफल हुनेछ।

    images

    त्यसो त ७७ वर्षीय राजा चार्ल्सले यसअघि पनि एआईप्रति सावधानी अपनाउनुपर्ने धारणा राख्दै आएका छन् । सन् २०२३ को बेलायत एआई सुरक्षा सम्मेलनमा उनले एआईले गोपनीयता, रोजगारी र लोकतन्त्रमा चुनौती सिर्जना गर्न सक्ने भन्दै नयाँ प्रविधिको लाभ सबैमा बाँडिनुपर्ने बताएका थिए।

    यसैबिच पछिल्लो समय एआईको तीव्र विकास र सुरक्षाबारे प्रविधि उद्योगभित्रै बहस बढेको छ । एन्थ्रोपिकका प्रमुख डारियो अमोडेईले एआई मोडलको क्षमता बढाउने गति केही सुस्त बनाउनुपर्ने बताएका छन् । ओपनएआईका प्रमुख साम अल्टम्यान र एलन मस्कले पनि एआई विकासमा सुरक्षा निगरानी आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

    राजा चार्ल्सको बिहीबारको बैठकमा भने उनी करिब २० मिनेट मात्रै सहभागी हुने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार