Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अस्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक क्वान्टास एयरलाइन्समा उडुस आतङ्क

अस्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक क्वान्टास एयरलाइन्समा उडुस आतङ्क

बुधवार, आश्विन २८ २०८३
  • काठमाडौँ । यात्रुहरूले उडुसले टोकेको गुनासो गरेपछि अस्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक क्वान्टास एयरलाइन्सले रोमबाट पर्थका लागि तय गरेको उडान रद्द गरेको हो।

    सीएनएनका अनुसार, अक्टोबर ९ मा पर्थबाट रोम गएको क्यूएफ ५ उडानमा इकोनोमी क्लासका यात्रुले उडुस देखिएको र आफ्ना कपडा, सामान तथा कम्बलमा समेत उडुस हिँडिरहेको गुनासो गरेका थिए।

    images

    घटनापछि शनिबार रोमबाट पर्थ फर्कने उडान रद्द गरिएको थियो । विमानमा विस्तृत सफाइ तथा प्राविधिक जाँच गर्नुपर्ने भएकाले उडान रद्द गरिएको एयरलाइन्सले जनाएको छ । कम्पनीले घटनाबारे अनुसन्धान भइरहेको बताउँदै यात्रुसँग माफीसमेत मागेको छ।

    उक्त उडानबाट यात्रा गर्ने यात्रुहरूलाई होटलमा बस्ने व्यवस्था मिलाइएको र वैकल्पिक उडानमार्फत गन्तव्यमा पुर्‍याउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । उडुस साना, चप्टा र रातो–खैरो रङका कीरा हुन्।

    यिनीहरूले मानिसको रगत चुस्छन् र प्रायः राति टोक्छन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार, उडुस सुटकेस, कपडा, ओछ्यानका सामग्री र फर्निचरका खापामा लुकेर एक ठाउँबाट अर्को ठाउँमा फैलिन सक्छन् । यिनीहरूको टोकाइले छाला चिलाउने र सुन्निने समस्या हुन सक्छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार