Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगारको लागि मधेश प्रदेशबाट श्रम स्वीकृति लिनेको संख्या ७३ हजार ७ सय ८३ पुग्यो, कुन जिल्लाबाट कति ?

वैदेशिक रोजगारको लागि मधेश प्रदेशबाट श्रम स्वीकृति लिनेको संख्या ७३ हजार ७ सय ८३ पुग्यो, कुन जिल्लाबाट कति ?

शुक्रवार, आषाढ २१ २०८१
  • वैदेशिक रोजगारको लागि मधेश प्रदेशबाट श्रम स्वीकृति लिनेको संख्या ७३ हजार ७ सय ८३ रहेको छ । 

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मधेश प्रदेशको चालु आर्थिक वर्षको प्रादेशिक आर्थिक गतिविधि अध्ययनको अर्धवार्षिक प्रतिवेदनअनुसार यस प्रदेशबाट वैदेशिक रोजगारीको लागि ठूलो संख्यामा श्रमिकहरू विदेश गएका देखिएको हो । 

    images

    चालु आर्थिक बर्षको पुस महिनासम्ममा मधेश प्रदेशबाट श्रम स्वीकृति लिनेको संख्या ७३ हजार ७ सय ८३ रहेको छ । यो संख्या वाह्य रोजगारीका लागि मुलुकभरिबाट श्रम स्वीकृति लिने संख्याको २१.६८ प्रतिशत हो । 

    धनुषा जिल्ला मुलुककै सबैभन्दा बढी वैदेशिक रोजगारीका लागि श्रम निर्यात गर्ने जिल्लाको रुपमा रहेको छ । मधेश प्रदेशबाट वैदेशिक रोजगारीमा गएका कामदारहरूमध्ये सबैभन्दा बढी कामदार कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत र मलेसियामा कार्यरत छन् । 

    1.JPG

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार