Oct 28 2026 | २०८३ कार्तिक १२ गते

दैलेख पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा

दैलेख पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा

आइतवार, आषाढ २१ २०८३
  •  । दैलेख जिल्ला पूर्ण खोप सुनिश्चितता, निरन्तरता तथा दिगोपना घोषणा भएको छ । आइतबार एक कार्यक्रमकाबिच उक्त घोषणा गरिएको हो ।

    जिल्लास्थित सरोकारवाला निकायका प्रतिनिधिहरू र कर्णालीका सामाजिक विकासमन्त्रीकोे प्रमुख आतिथ्यतामा घोषणा सभा गरिएको हो ।

    images

    कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले खोपको दिगोपनाको लागि सरकार प्रतिबद्ध रहेको बताए । साथै, आगामी दिनमा थप सुदृढीकरण गरिने पनि बताइ ।

    निकट दिनहरुमा दैलेख अस्पतालबाट मृगौला डायलासिस सेवा शुभारम्भ हुने छ,’ भण्डारीले भने,‘मृगौलाबाट पीडित नागरिकको उपचारमा सहजताका लागि दैलेख अस्पतालको स्तरोन्नतिमा ध्यान केन्द्रित भइरहेको छ ।’

    यद्यपि निर्माण व्यवसायीको ढिलाइका कारण अपेक्षित नतिजा दिन सकिएको छैन ।

    तथापि आगामी दिनमा भौतिक संरचना निर्माण भईसेवा सुव्यवस्थित गर्नका लागि आफू प्रतिबद्ध रहेको भण्डारीले बताए ।

     
     
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार