काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा खरानी भएका सरकारी संरचना पुनर्निर्माण गर्न १० हजार रुपैयाँभन्दा बढी रकम सहयोग दिनेलाई सम्मान गर्ने भएको छ । यसरी भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्नेलाई सम्मान गर्न लागिएको हो । उनीहरुलाई अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको हस्ताक्षर भएको प्रमाणपत्र दिइने मन्त्रालयले जनाएको छ ।
‘जेनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी भौतिक संरचनाको पुनर्निर्माण,मर्मत सम्भार,आर्थिक पुनरुत्थान,राहत र पुनःस्थापनासम्बन्धी कार्य गर्न नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु १० हजारभन्दा बढी रकम योगदान गर्ने व्यक्ति वा संस्थाका नाममा नेपाल सरकारको तर्फबाट माननीय अर्थमन्त्रीज्यूले हस्ताक्षर गरेको धन्यवाद ज्ञापन प्रमाणपत्र यस मन्त्रालयले तयार गरेको छ’,सूचनामा उल्लेख छ ।
१० हजारभन्दा बढी सहयोग गर्नेलाई अर्थ मन्त्रालयको जिन्सी शाखाबाट प्रमाणपत्र लैजान भनिएको छ ।



