Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

ओलीसँगै प्रतिवेदन माग्दै लेखकले पनि दिए मानव अधिकार आयोगमा निवेदन

ओलीसँगै प्रतिवेदन माग्दै लेखकले पनि दिए मानव अधिकार आयोगमा निवेदन

आइतवार, आषाढ १४ २०८३
  • काठमाडौँ ।  पूर्वगृहमन्त्री रमेश लेखकले पनि जेनजी आन्दोलनबारे छानबिन तथा अनुसन्धान प्रतिवेदन माग्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन्। 

    नेपाली कांग्रेसका नेतासमेत रहेका लेखकले शुक्रबार मानव अधिकार आयोगको कार्यालय पुगेर प्रतिवेदन माग गरिएको पत्र बुझाएका हुन्। 

    images

    निवेदनमा गत वर्ष भदौ २३ र २४ गते भएको घटनारे आयोगको अनुसन्धान प्रतिवेदन एवं संलग्न कागजात उपलब्ध गराइदिन माग गरिएको छ।

    पूर्वगृहमन्त्री लेखकले आयोग सदस्य लिली थापा नेतृत्वको समितिको कार्यक्षेत्र, उक्त समितिले आयोगसमक्ष पेस गरेको प्रतिवेदन र आफूबारे आयोगले निर्णय गर्दा लिएका आधार र प्रमाण उपलब्ध गराउन आग्रह गरेका छन्।

    त्यही दिन पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रतिवेदन माग गरी मानव अधिकार आयोगको कार्यालयमा पत्र दिएका छन्। ओलीका तर्फबाट भने एमाले नेता महेश बर्तौलाले मानव अधिकार आयोग हरिहर भवन पुगेर  निवेदन दर्ता  गराएका हुन्।

    निवेदनको दिएको १५ दिनभित्रै आफूले मागेका प्रतिवेदनको प्रतिलिपि र सबै संकलित बयान एवं कागजातको प्रतिलिपि आयोगले दिने ओली र लेखकको विश्वास छ।

    ‘आयोगले हामीले मागेको प्रतिलिपि दिन्छ भन्ने हो। दिनु भएन भने सूचना विभाग हुँदै अदालतसम्म जाने बाटो छँदै छ। सरोकारवाले मागेको प्रतिलिपि नदिने भन्ने नहोला,’ बर्तौलाले भने।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार