Oct 28 2026 | २०८३ कार्तिक १२ गते

क्रियाशील सदस्यता अध्यावधिकको प्रतिवेदन असार २५ गतेभित्र बुझाउन तरुण दलको निर्देशन

क्रियाशील सदस्यता अध्यावधिकको प्रतिवेदन असार २५ गतेभित्र बुझाउन तरुण दलको निर्देशन

आइतवार, आषाढ २१ २०८३
  • काठमाडौँ । तरुण दलले नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकको प्रतिवेदन असार २५ सम्मभित्र केन्द्रमा बुझाउन निर्देशन दिएको छ । दलका सभापति मनिष कोइरालाले आइतबार विज्ञप्ति जारी गर्दै आफूले पार्टीको क्रियाशील सदस्यता अध्यावधिकमा सहयोग गर्न ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू परिचालन गरिएको र प्रतिनिधिहरूले असार २५ गतेभित्र प्रतिवेदन बुझाउनु पर्ने बताएका हुन् ।

    कोइरालाले विज्ञप्तिमा असार २५ गते राति १२ बजेभित्र अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा विस्तृत प्रतिवेदन बुझाइसक्न खटाइएका प्रतिनिधिहरूलाई निर्देशन दिएका हुन् ।  परिपत्रमा तोकिएको समयभित्र प्रतिवेदन प्राप्त नभएमा सम्बन्धित केन्द्रीय प्रतिनिधि तथा जिल्ला कार्यसमितिको अभियान अपूर्ण रहेको मानिने कोइरालाले विज्ञप्तिमा लेखेका छन् ।

    images

    अभियानलाई उच्च प्राथमिकताका साथ सम्पन्न गरी तोकिएको समयभित्र प्रतिवेदन इमेल मार्फत पठाइदिनुहुन अनुरोध गरिन्छ,’ परिपत्रमा उल्लेख छ।

    परिपत्र अनुसार, खटाइएका केन्द्रीय प्रतिनिधिहरूले सम्बन्धित जिल्ला कार्यसमितिहरूसँग आवश्यक समन्वय र सहकार्य गरी वडा तथा पालिका तहसम्मै अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने दलले बताएका छन् ।

     

    731787216_1682630599661695_3652799803531927129_n



    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार