Oct 28 2026 | २०८३ कार्तिक १२ गते

रास्वपा नेता सिंहमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ

रास्वपा नेता सिंहमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ

मंगलवार, आषाढ २ २०८३
  • काठमाडौँ  । धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका–२ निवासी २८ वर्षीय गोविन्द धामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

    images

    उनका अनुसार राति करिब साढे एक बजेतिर धनगढी उपमहानगरपालिका–४ स्थित रिद्धिसिद्धि पार्टी प्यालेस नजिक सामान्य विवादका क्रममा सिंहमाथि कुटपिट भएको थियो । कुटपिटमा संलग्न सोही ठाउँका २७ वर्षीय भरत बोहरा लगायत भने फरार छन् ।

    उनीहरुको खोजी भइरहेको छ । कुटपिटबाट सिंहको बायाँ आँखाको भौँमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। उनको नवजीवन अस्पताल धनगढीमा उपचारपछि डिस्चार्ज गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार