Oct 28 2026 | २०८३ कार्तिक १२ गते

खुर्सानीको धुलो फालेर सिक्रि लुट्नेलाई प्रहरीद्दारा गोली प्रहार

खुर्सानीको धुलो फालेर सिक्रि लुट्नेलाई प्रहरीद्दारा गोली प्रहार

आइतवार, जेठ १७ २०८३
  • काठमाडौं  ।  काठमाडौंको सुकेधारामा एक महिलामाथि खुर्सानीको धुलो छर्केर सुनको सिक्रि र मोबाइल लुटिएको घटनाका मुख्य आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ।
     
    प्रहरीका अनुसार बुढानीलकण्ठको चपली भद्रकालीका गणेश कार्कीलाई शनिबार मनहरा टाउन प्लानिङ क्षेत्रमा नियन्त्रणमा लिइएको हो। पक्राउ गर्ने क्रममा उनको खुट्टामा गोली लागेको छ ।
     
    शनिबार दिउँसो भएको लुटपाटमा शशिकला मानन्धरको सुनको सिक्रि र मोबाइल लुटिएको थियो। घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाउँदै एक आरोपी विष्णु खड्कालाई तत्काल पक्राउ गरेको थियो ।
     
    मुख्य आरोपी कार्की भने फरार रहेका थिए। उनलाई पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथि नै खुर्सानीको धुलो छर्केर भाग्ने प्रयास गरेको प्रहरीको दाबी छ। त्यसपछि प्रहरीले गोली चलाएको जनाएको छ ।
     
    मुठभेडका क्रममा एक प्रहरीसमेत सामान्य घाइते भएका छन्। उनी उपचाररत रहेको जानकारी दिइएको छ ।
     
    प्रहरीले लुटिएको सुनको सिक्रि फेला पारिसकेको छ। साथै कार्की विगतमा डाँकाचोरी मुद्दामा दोषी ठहर भई ६ वर्ष कैद सजाय भोगेका व्यक्ति भएको खुलेको छ। उनी भदौ २४ मा केन्द्रीय कारागारबाट फरार भएका कैदीसमेत रहेको प्रहरीले जनाएको छ ।
     
     
     
     
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार