Oct 28 2026 | २०८३ कार्तिक १२ गते

४३ हजार अमेरिकन डलर सहित धादिङका तामाङ पक्राउ

४३ हजार अमेरिकन डलर सहित धादिङका तामाङ पक्राउ

सोमवार, जेठ ११ २०८३
  • काठमाडौं, ११ जेठ । स्रोत नखुलेको अमेरिकन डलरसहित एकजना पक्राउ परेका छन । 

    रसुवा जाँदै गरेका एक ब्यक्तिलाई  ४३ हजार अमेरिकी डलरसहित प्रहरीले पक्राउ गरेको हो ।

    images

    काठमाडौंबाट रसुवाको टिपुरे जाँदै गरेको बा.प्र ०१–००६ ख ९५१५ को यात्रुवाहक बसमा सवार एक जनालाई जाँच गर्ने क्रममा ४३ हजार अमेरिकी डलर फेला परेको प्रहरीले जनाएको छ ।

    डलरसहित पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका– ५ का ३७ वर्षीय सुशील गुरुङ रहेको प्रहरीले जनाएको छ ।

    पक्राउपछि उनीमाथि अनुसन्धान भइरहेको छ। थप विवरण आउन बाँकी छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार