Oct 28 2026 | २०८३ कार्तिक १२ गते

रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ

रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ

सोमवार, जेठ ११ २०८३
  • काठमाडौँ । रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ परेका छन् ।

    रसुवाको उत्तरगया गाउँपालिका बेत्रावती बजारस्थित पासाङल्याम्हु सडक खण्डमा काठमाडौँबाट टिमुरे जाँदै गरेको यात्रुवाहक बसमा चेकजाँच गर्नेक्रममा प्रहरीले बसमा सवार धादिङका ३७ वर्षीय सुशील गुरुङलाई पक्राउ गरेको हो ।

    images

    प्रहरीका अनुसार गुरुङसँग ४३ हजार डलर फेला पारेको बताएको छ । अहिले गुरुङलाई राजश्व अनुसन्धान विभाग पठाएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार