Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई महिला पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई महिला पक्राउ

आइतवार, जेठ १० २०८३
  • वैदेशिक रोजगारीका लागि पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौं– १४ कि ३३ वर्षीया विनीता नगरकोटीलाई कीर्तिपुर नगरपालिका–२ बाट प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बेरोजगार युवालाई आकर्षक तलबको प्रलोभन देखाएर पोल्यान्ड पठाइदिने भन्दै रकम लिएर सम्पर्कविहीन भएको उजुरी परेपछि अनुसन्धानका लागि नगरकोटीलाई पक्राउ गरिएको हो ।

    images

    उनले एक जनाबाट वैदेशिक रोजगारीका नाममा १ लाख २० हजार रुपैयाँ लिएर पनि विदेश नपठाइदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभागमा बुझाएको छ । यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

    यसैगरी जर्मनी पठाइदिने भन्दै १६ लाख ठगी गरेको आरोपमा प्रहरीले मोरङको बेलबारी–२ स्थायी घर भएकी ३६ वर्षीया बेनु श्रेष्ठलाई पनि भक्तपुरको राधेराधेबाट पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार श्रेष्ठले जर्मनीमा आकर्षक तलबसहितको काममा पठाइदिने भन्दै रकम लिएको तर विदेश नपठाइदिएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

    प्रहरीका अनुसार श्रेष्ठले जर्मनी पठाइदिने भन्दै १६ लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार