Oct 28 2026 | २०८३ कार्तिक १२ गते

ठगी

बैदेशिक रोजगारीमा पठाउने भन्दै ठगीको आरोपमा गोरखाका दुई युवक पक्राउ

बैदेशिक रोजगारीमा पठाउने भन्दै ठगीको आरोपमा गोरखाका दुई युवक पक्राउ

बिहिवार, जेठ ७ २०८३
  • काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाई करिब ८७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले गोरखाका २ जना युवकलाई राजधानीबाट पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा गोरखाको बारपाक सुलिकोट स्थायी घर भई हाल काठमाडौँ–२६ बस्ने ३० वर्षीय दिपेश गुरुङ र २४ वर्षीय सौगात गुरुङ भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पुष्टी गरेको हो ।

    images

    उनीहरूले टर्की पठाइदिने भन्दै ८ जना पीडितहरूबाट कुल ८६ लाख २२ हजार ५७० रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ । उनीहरूलाई जेठ ५ गते काठमाडौँको सामाखुसी क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ परेका युवकहरुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई लामो समयसम्म झुक्काएर राखेको र रकम लिएपछि सम्पर्कविहीन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    पीडितहरूको जाहेरीका आधारमा पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार