Oct 31 2026 | २०८३ कार्तिक १५ गते

निर्वाचन प्रक्रियाबाट नेविसंघको नेतृत्व चयन गर्न माग

निर्वाचन प्रक्रियाबाट नेविसंघको नेतृत्व चयन गर्न माग

आइतवार, बैशाख २७ २०८३
  • काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) इतर पक्षधर नेता तथा पूर्व केन्द्रीय सदस्यहरूको भेला काठमाडौंको शंकरदेव क्याम्पसमा सम्पन्न भएको छ।

    संगठनको वर्तमान अवस्था, आगामी अधिवेशनको तयारी र आन्तरिक लोकतन्त्रका विषयमा छलफल गर्न आयोजित उक्त भेलामा नेविसंघका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको नेता सुरज सेजुवालले जानकारी दिए ।

    images

    भेलामा सहभागीहरूले संगठनलाई वैधानिक, लोकतान्त्रिक र विधिसम्मत ढंगले अगाडि बढाउन अविलम्ब अधिवेशन हुनुपर्ने धारणा व्यक्त गरेका छन्। विद्यार्थी आन्दोलनलाई सशक्त बनाउन संगठनभित्र आन्तरिक लोकतन्त्र बलियो हुनुपर्नेमा उनीहरूले जोड दिएका थिए।

    भेलाले पार्टी नेतृत्वसँग तत्काल निर्वाचन समिति गठन गरी तोकिएको समयभित्रै लोकतान्त्रिक विधिबाट अधिवेशन सम्पन्न गर्न माग गरेको छ।

    संगठनभित्र मौलाउँदै गएको मनोनयनको संस्कृतिको विरोध गर्दै सहभागीहरूले निर्वाचन प्रक्रियामार्फत नै नयाँ नेतृत्व चयन गरिनुपर्ने निष्कर्ष निकालेको उनले बताए 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार