Oct 30 2026 | २०८३ कार्तिक १४ गते

बद्रीनाथबाट तीर्थयात्री लिएर देहरादुन जाँदै गरेको हेलिकोप्टर दुर्घटना

बद्रीनाथबाट तीर्थयात्री लिएर देहरादुन जाँदै गरेको हेलिकोप्टर दुर्घटना

शुक्रवार, कार्तिक १४ २०८३
  • काठमाडौं ।  भारतको उत्तराखण्डस्थित बद्रीनाथमा हेलिकोप्टर दुर्घटना भएको छ। जोशीमठ र बद्रीनाथको बीचमा शुक्रबार निजी कम्पनीको हेलिकोप्टर दुर्घटनामा परेको हो। 

    हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए। उक्त हेलिकोप्टरले शुक्रबार दिउँसो करिब १ बजेर १४ मिनेटमा बद्रीनाथबाट देहरादुनको सहस्रधाराका लागि उडान भरेको थियो। खराब मौसमका कारण जोशीमठ उपत्यकामा हेलिकोप्टरको सम्पर्क टुटेको थियो ।

    images

    उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले खराब मौसमका बीच हेलिकोप्टरसँगको सम्पर्क टुटेको जानकारी दिएका छन् । उनले घटनाबारे आफूले निरन्तर जानकारी लिइरहेको बताउँदै उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । जिल्ला प्रशासन,विपद् व्यवस्थापन विभाग र राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ) को टोली संयुक्त रूपमा खोजी तथा उद्धार कार्यमा खटिएको छ ।

    चमोलीका जिल्ला सूचना अधिकारी धीरज कर्कीका अनुसार हेलिकोप्टर पाँचजना तीर्थयात्रीलाई लिएर बद्रीनाथ धामबाट देहरादुनका लागि उडेको थियो । उडानका क्रममा जोशीमठ उपत्यकामाथि पुगेपछि हेलिकोप्टरसँगको सम्पर्क टुटेको थियो । त्यसपछि ट्र्याकिङ प्रणालीमा समेत हेलिकोप्टरको अवस्थिति देखिन छाडेको थियो ।

    प्रारम्भिक विवरणमा उडानको समय दिउँसो १ बजेर १२ मिनेट पनि उल्लेख गरिएको दैनिक भाष्करमा समाचार प्रकाशित छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार