Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

एक महिनामै बाहिरिए ६२ हजार श्रमिक, भन्छन्- स्वेदशमा श्रमको मूल्य पनि छैन, सम्मान पनि भएन

एक महिनामै बाहिरिए ६२ हजार श्रमिक, भन्छन्- स्वेदशमा श्रमको मूल्य पनि छैन, सम्मान पनि भएन

बिहिवार, बैशाख २४ २०८३
  • काठमाडौं । दुबई प्रस्थान गर्न लागेका ध्रुव विशाललाई स्वदेशमै श्रम गर्ने मन थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएका दाङ घोराहीका ३७ वर्षीय विशालले काठमाडौँमा फोहर उठाउनेदेखि होटलमा वेटरको कामसमेत गरे। तर, ती सबै ठाउँमा उनले कामअनुसारको उचित पारिश्रमिक र समयमा तलब पानन्।

    उनले भने, ‘परिश्रमको मूल्य नै पाइएन, त्यही भएर विदेशिन लागेको हुँ।’

    images

    धनकुटाका गुञ्जन तामाङ मनोरञ्जन क्षेत्रमा काम गर्छन्। उनले यस क्षेत्रमा काम गर्न थालेको नौ महिना भयो। उचित पारिश्रमिक नपाउने, काममा साहुको अपमानजनक व्यवहारले गर्दा उनले नौ महिनामै चार ठाउँमा काम गर्नुपरेको गुनासो गरे।

    ‘तलबै नदिएपछि के बसिरहनु’, उनले भने, ‘मनोरञ्जन क्षेत्रमा हामीलाई साहु, ग्राहकदेखि छिमेकीले समेत अपमान गर्छन्।’

    रोजगारको स्थायित्व नहुँदा उनले पनि वैदेशिक रोजगारीमा जान राहदानी बनाइसकेको बताए।

    वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार पछिल्लो एक महिनामा ६२ हजार २६५ जना वैदेशिक रोजगारमा गएका छन्।

    राष्ट्रिय तथ्याङ्क कार्यालयको पछिल्लो प्रतिवेदनअनुसार नेपालमा युवा बेरोजगारदर १२.७ प्रतिशत छ। त्यसमा पनि १५ वर्षदेखि २५ वर्ष उमेर समूहका युवा बेरोजगार बढी छन्। सो तथ्याङ्कअनुसार श्रम बजारमा ३७.५ प्रतिशतमात्रै सहभागी छन्।

    नेपालको संविधानको धारा २३ ले रोजगारीको हकलाई मौलिक हकका रूपमा समावेश गरेको छ। सोही हकको कार्यान्व्यन गर्न रोजगारीको हकसम्बन्धी ऐन, २०७५ जारी गरेको छ।

    सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र बजेटमार्फत सार्वजनिक विकास निर्माणका कार्यहरूमा रोजगारीका अवसर सृजना गरी आगामी पाँच वर्षमा कुनै पनि नेपाली नागरिकले बाध्यतावशः वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा पनि गरेको थियो। तर त्यो घोषणा कार्यान्वयन हुन सकेन।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८१ वैशाखदेखि स्वदेशमा रोजगार सृजना गर्ने हेतुले ‘श्रम संसार प्रणाली’का रूपमा डिजिटल एप सञ्चालन गरेको छ। उक्त एपमार्फत रोजगारी खोज्नेको सङ्ख्या ९६ हजार ९७३ रहेका छन्। तर रोजगारी पाउनेको सङ्ख्या भने जम्मा नौ जनामात्र देखिन्छ।

    सो एपबाट जागिर खोज्दा ‘इन्ट्री’ गर्ने तर, पाइसकेपछि पाएको सूचना अभिलेख नगर्ने भएकाले जागिर पाउनेको तथ्याङ्क कम देखिएको मन्त्रालयका इन्जिनियर इन्द्रनारायण यादवले बताए।

    ‘रोजगारको अभाव छैन, खोजी गर्न सके श्रम संसार प्रणालीले सजिलो बताएको छ’, उनले भने।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार