Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

मंगलवार, चैत्र ३ २०८२
  • काठमाडौं । वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौंबाट एक महिला पक्राउ परेकी छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले काठमाडौं महानगरपालिका-१४ बाट ५५ वर्षीया मिना घिमिरेलाई पक्राउ गरेको हो ।

    images

    काठमाडौं महानगरपालिका-३२ की घिमिरेले पीडितसँग १२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीपछि उनी पक्राउ परेकी हुन् ।

    प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार पक्राउ परेकी घिमिरेलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार