Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगारी सम्बन्धी मुद्दा ५ हजार, मिलापत्र ५ सय

वैदेशिक रोजगारी सम्बन्धी मुद्दा ५ हजार, मिलापत्र ५ सय

शुक्रवार, श्रावण २ २०८२
  • काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा  वैदेशिक रोजगारी सम्बन्धी मुद्दाको चाङ लाग्दा हल भने निकाल्न सकेको छैन । 

    मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा  कूल मुद्दा तथा अनुसन्धानको लागि ४ हजार ९ सय ७५ उजुरी प्राप्त भएको थियो । तर यसमध्ये ५२८  मात्रै मिलापत्र गराइएको छ ।

    images

    यस्तै विस्तृत अनुसन्धान पश्चात् २१५ वटा अदालतमा मुद्दा दायर गरिएको मन्त्रालयले  जनाएको छ ।  मुद्दा तथा अनुसन्धानबाट कूल ३२ करोड ८७ लाख ३७ हजार ४६५ रुपैयाँ क्षतिपूर्ति दिलाइएको मन्त्रालयले दाबी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार