Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

मलेसियामा काम गर्ने सबै कामदारले तलबको २ प्रतिशत कोषमा जम्मा गर्नुपर्ने

मलेसियामा काम गर्ने सबै कामदारले तलबको २ प्रतिशत कोषमा जम्मा गर्नुपर्ने

घरेलु कामदारहरू बाहेक

मंगलवार, आषाढ ३१ २०८२
  • क्वालालम्पुर : मलेसियाले आगामी अक्टोबरदेखि आप्रवासी कामदारहरूले कर्मचारी सञ्चय कोषमा आफ्नो मासिक तलबको २ प्रतिशत योगदान गर्नुपर्ने नीति कार्यान्वयनमा ल्याउने भएको छ ।

    मलेसिया कर्मचारी सञ्चय कोषले नयाँ नियम घरेलु कामदारहरू बाहेक सबै विदेशी कामदारहरूमा लागू हुने बताएको छ । हाल मलेसियामा विदेशी कामदारहरूको कर्मचारी सञ्चय कोषमा सहभागिता स्वेच्छिक मात्रै छ ।

    images

    राष्ट्रियताको पर्वाह नगरी विदेशी कामदारको कर्मचारी सञ्चय कोषमा योगदान अनिवार्य गर्ने कदमले सामाजिक सुरक्षामा पहुँच सुनिश्चित गरी श्रम बजारमा समानता र निष्पक्षतालाई प्रवद्र्धन गर्ने मलेसियाका अधिकारीहरू बताउँछन् ।

    मलेसियामा हाल न्यूनतम मासिक तलब १७ सय रिंगेट छ । २० लाख बढी विदेशी कामदार रहेको मलेसियामा ४ लाख बढी नेपाली वैधानिकरूपमा कार्यरत रहेका छन् । विदेशी कामदारको कर्मचारी सञ्चय कोषमा योगदान अनिवार्य गर्ने कदमले उनीहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने अधिकारकर्मीहरूको भनाइ छ ।

    विदेशी कामदारले आफ्नो अन्तिम महिनाको तलबमा योगदान रकम फिर्ता पाउने कार्यविधि बनाइएको मलेसियाका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार