Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगारको नाममा ठगी गर्ने ३ जना पक्राउ

वैदेशिक रोजगारको नाममा ठगी गर्ने ३ जना पक्राउ

आइतवार, आषाढ २९ २०८२
  • काठमाडौं । वैदेशिक रोजगारीका लागि अल्बानिया पठाइदिन्छु भन्दै ६ जनालाई ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ९ की विमला दनुवार र कास्कीको पोखरा महानगरपालिका वडा नं. २६ की रामकुमारी रोक्का मगरलाई पक्राउ गरेको हो ।

    दनुवारले आठ लाख र रोका मगरले दुई लाख गरी दश लाख ठगी गरेको उजुरी परेको प्रहरीले बताएको छ ।

    images

    यसअघि बिहीबार प्रहरीले १९ जना पीडितलाई वैदेशिक रोजगारीका लागि  बेलायत  पठाउने भन्दै ४१ लाख ५० हजार ठगी गरेको आरोपमा नवलपरासी (पूर्व) सुनवल १० की अकृजा भन्ने बिन्दु पोखरेललाई पक्राउ गरेको थियोे ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देश लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेर विदेश नपठाइ सम्पर्कविहीन हुने क्रम बढेको भन्दै सचेत हुन आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार