Oct 28 2026 | २०८३ कार्तिक १२ गते

यूएईमा नेपाली कामदारको न्यूनतम पारिश्रमिक ५२ हजार रुपैयाँ

यूएईमा नेपाली कामदारको न्यूनतम पारिश्रमिक ५२ हजार रुपैयाँ

आइतवार, आषाढ १५ २०८२
  • काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा नेपाली कामदारको न्यूनतम पारिश्रमिक १ हजार ४ सय दिराम तोकिएको छ । अब अदक्ष कामदारलाई १ हजार ४ सय दिरामभन्दा कम तलबमा यूएई नपठाइने भएको हो ।

    आवुधाबीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै नेपाल सरकार (मन्त्रीस्तर) ले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २३ ले दिएको अधिकार प्रयोग गरी संयुक्त अरब इमिरेट्समा काम गर्न आउने नेपाली कामदारका लागि ९ असारदेखि लागू हुनेगरी न्यूनतम पारिश्रमिक तोकेकाले सम्बन्धित सरोकारवाला सबैको जानकारीका लागि सूचना प्रकाशन गरिएको जनाएको छ ।

    images

    दूतावासका अनुसार अदक्ष श्रमिकले मासिक न्यूनतम तलब हजार दिराम र खाना खर्च ४ सय दिराम गरेर कम्तीमा १ हजार ४ सय दिराम पाउनुपर्ने भनेको छ । २४ जुन २०२५ वा सोभन्दा पछिको मितिमा चेम्बर अफ कमर्समा अभिलेखीकरण भई आउने मागपत्रहरू प्रमाणीकरणका लागि पेस गर्दा अनिवार्य रूपमा संशोधित न्यूनतम तलब कार्यान्वयन गर्नुपर्नेछ र यो व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गरिने जनाएको छ ।

    अर्धदक्ष कामदारले मासिक न्यूनतम तलब १ हजार २ सय दिराम र खाना खर्च ४ सय दिराम गरेर कम्तीमा १ हजार ६ सय दिराम पाउनुपर्नेछ । दक्ष कामदारले मासिक न्यूनतम तलब १ हजार ५ सय दिराम र खाना खर्च ४ सय दिराम गरेर कम्तीमा १ हजार ९ सय दिराम पाउनुपर्नेछ ।

    यस्तै, उच्च दक्ष कामदारले ६ हजार दिराम र खाना खर्च ४ सय गरी ६ हजार ४ सयभन्दा बढी पाउनुपर्नेछ । यस निर्यणसँगै अब यूएई जाने नेपाली कामदारले न्यूनतम पारिश्रमिक करिब ५२ हजार नेपाली रुपैयाँ पाउने भएका छन् । यूएईमा विभिन्न पेसामा गरी करिब ६ लाख नेपाली कामदार कार्यरत छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार