Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बिहिवार, जेठ २२ २०८२
  • काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–५ बस्ने महोत्तरी गौशाला नगरपालिका–१२ कान्ति बजार घर भएका ५५ वर्षीय बिर बहादुर घिसिङ र काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बस्ने महोत्तरी बर्दिबास नगरपालिका–६ घर भएका ३९ वर्षीय दिनेश खड्का रहेका छन् ।

    images

    पक्राउ मध्ये बिर बहादुरले नर्वे र डेनमार्क पठाइदिन्छु भन्दै दुई जना पीडितहरूबाट पाँच लाख १० हजार रुपैयाँ र दिनेशले पोर्चुगल पठाइदिन्छु भन्दै एक जना पीडितबाट १० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

    पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मङ्गलवार बिर बहादुरलाई काठमाडौँ महानगरपालिका–१२ टेकुबाट र दिनेशलाई काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएकाे छ । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार