Oct 28 2026 | २०८३ कार्तिक १२ गते

‘विपिन जोशी जीवित रहेको संकेत पाइएन’ : इजरायली अधिकारी

‘विपिन जोशी जीवित रहेको संकेत पाइएन’ : इजरायली अधिकारी

शुक्रवार, बैशाख २६ २०८२
  • काठमाडौं । हमासले बन्धक बनाएको भनिएका नेपाली विपिन जोशी रिहा हुनेमा आफन्त अझै आशावादी रहेका बेला निराशाजनक खबर सार्वजनिक भएको छ। 

    यस विषयमा जानकार एक इजरायल अधिकारीले उनी ‘जीवित रहेको कुनै संकेत नपाइएको’ बताएका हुन्। 

    images

    द टाइम्स अफ इजरायलमा प्रकाशित समाचारमा ती अधिकारीले भनेका छन्, 'युद्ध सुरु भएको केही समयपछिदेखि ३ जना बन्धक जीवित भएको कुनै संकेत प्राप्त भएको छैन। त्यसमा एक जना इजरायली र दुई विदेशी नागरिक छन्।'

    ती अधिकारीका अनुसार ती दुई विदेशी नागरिकमा एक जना नेपालका विपिन जोशी र अर्का थाइल्यान्डका पिन्टा नट्टापोङ हुन्। तर उनीहरूलाई अहिलेसम्म आधिकारिक रूपमा मृत घोषणा भने नगरिएको समाचारमा उल्लेख छ।

    बुधबार मात्र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले २१ जना बन्धक जीवित रहेको र अन्य ३ जना बन्धकको ‘भाग्यमा शंका रहेको’ बताएका थिए। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार