Oct 30 2026 | २०८३ कार्तिक १४ गते

वैदेशिक रोजगार विभागको महानिर्देशकमा भट्टराई

वैदेशिक रोजगार विभागको महानिर्देशकमा भट्टराई

मंगलवार, बैशाख १६ २०८२
  • काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी कमल प्रसाद भट्टराईले सम्हाल्ने भएका छन् ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशकको रूपमा कार्यरत भट्टराईलाई विभागको महानिर्देशकमा पठाएको हो । श्रम मन्त्रालयले सुर्यबहादुर खत्रीको सरुवा गरेर मन्त्रालयमा फिर्ता बोलाएको थियो ।

    images

    उनको ठाउँमा सहसचिव जीवलाल भुसाललाई विभाग पठाएको थियो । तर, एक महिना पुग्न लाग्दा समेत भुसाल जान नमानेपछि मन्त्रालयले भट्टराईलाई पठाउने निर्णय गरेको हो । भुसालले मन्त्रालयभन्दा बाहिर नजाने अडान लिएका थिए ।

    त्यसपछि सरूवा भएको एक महिना पुग्न लाग्दा समेत उनी जान मानेका थिएनन् । उनी जान नमानेपछि श्रम मन्त्रालयले श्रमजन्य विभागका महानिर्देशक भट्टराईलाई पठाएको हो ।

    श्रमजन्य विभागमा भने श्रम मन्त्रालयका सहसचिव चक्रपाणी पाण्डेलाई पठाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार