काठमाडौँ । इलाम- मेची करिडोरअन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्का सम्झौता अन्त्य गरिएको छ। निर्धारित समयभित्र काम सम्पन्न नभएपछि इलाम सडक डिभिजनले ९.५ किलोमिटर सडक खण्डको निर्माणसम्बन्धी ठेक्का तोडेको हो।
२७ करोड २२ लाख रुपैयाँ लागतमा स्तरोन्नति गर्न लागिएको उक्त सडक आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो। तर, पटक–पटक म्याद थप गर्दा पनि आयोजनाको भौतिक प्रगति ४७ प्रतिशतमा सीमित भएको थियो।
पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम मात्रै काम भएको पाइएपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको इलाम सडक डिभिजनले ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय गरेको हो।
इलाम- मेची करिडोरअन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्का सम्झौता अन्त्य गरिएको छ। निर्धारित समयभित्र काम सम्पन्न नभएपछि इलाम सडक डिभिजनले ९.५ किलोमिटर सडक खण्डको निर्माणसम्बन्धी ठेक्का तोडेको हो।
२७ करोड २२ लाख रुपैयाँ लागतमा स्तरोन्नति गर्न लागिएको उक्त सडक आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो। तर, पटक–पटक म्याद थप गर्दा पनि आयोजनाको भौतिक प्रगति ४७ प्रतिशतमा सीमित भएको थियो।
पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम मात्रै काम भएको पाइएपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको इलाम सडक डिभिजनले ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय गरेको हो।
इलाम सडक डिभिजनले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको छ। यस अवधिमा निर्माण व्यवसायीबाट पेस्कीबापतको दुई करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ। त्यस्तै, छ करोड ७९ लाख रुपैयाँ बराबरको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको डिभिजनले जनाएको छ।
ठेक्का सम्झौता अन्त्य गरिएको बेलासे–गोलाखर्क भञ्ज्याङ सडक खण्डको निर्माणलाई निरन्तरता दिन आवश्यक स्रोत सहमति र बहुवर्षीय ठेक्का सहमति प्राप्त गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइने जनाइएको छ।




