Oct 29 2026 | २०८३ कार्तिक १३ गते

जनकपुरविरुद्ध काठमाण्डौंले टस जित्यो, पहिले ब्याटिङ गर्ने

जनकपुरविरुद्ध काठमाण्डौंले टस जित्यो, पहिले ब्याटिङ गर्ने

बिहिवार, कार्तिक १३ २०८३
  • काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डु गोखार्जले टस जितेर ब्याटिङ रोजेको छ ।

    यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रारम्भ भएको छ ।

    images

    काठमाण्डुको यो पहिलो खेल हो । ऊ जनकपुरलाई हराएर विजयी सुरुआत गर्ने लक्ष्यमा छ । उता जनकपुर पहिलो जितको खोजीमा छ ।

    उसले पहिलो खेलमा कर्णाली याक्सविरुद्ध पराजय व्यहोरेको थियो । आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स आमनेसामने हुने तालिका छ । उक्त खेल अपराह्न ५ः०० बजेदेखि सुरु हुनेछ ।

    विराटनगरले पहिलो खेलमा चितवन राइनोजसँग हार व्यहोरेको थियो । सोमपाल कामी नेतृत्वको कर्णाली भने लगातार दोस्रो जित दर्ता गर्न चाहन्छ ।

    उसले पहिलो खेलमा पूर्वविजेता जनकपुरलाई १९ रनले हराउँदै उत्कृष्ट सुरुआत गरेको थियो । कर्णाली आज पनि सोही जित लय जारी राख्ने योजनामा छ ।

    एनपिएलमा आठ वटा टोली प्रतिस्पर्धामा छन् । प्रतियोगिता मङ्सिर ५ गतेसम्म जारी रहने छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार