Oct 30 2026 | २०८३ कार्तिक १४ गते

वैदेशिक रोजगार

अध्यागमनको निशानामा कामदार, दक्षिण कोरियाले निष्काशन गर्‍यो ५ नेपाली

अध्यागमनको निशानामा कामदार, दक्षिण कोरियाले निष्काशन गर्‍यो ५ नेपाली

सोमवार, बैशाख १५ २०८२
  • काठमाडौं । दक्षिण कोरियामा गैरकानुनी रूपमा बसेका ५ नेपालीलाई निष्कासित भएका छन्। कोरियाली अध्यागमन प्रहरीले उनीहरूलाई कोरियन एयरलाइन्स र थाइ एयरवेजको विमानबाट नेपाल फर्काएको हो।

    स्रोतका अनुसार निष्कासनमा पर्नेमा राई,थापा, डागी, राना र भण्डारी थरका रहेका छन्। उनीहरू गैरकानुनी तरिकाले दक्षिण कोरियामा बस्दै आएका थिए। कोरियाको अध्यागमन कानुन उलंघन गरिएको भन्दै उनीहरूलाई गत साता काठमाडौं फर्काइएको हो। राई,थापा र डागीलाई कोरियन एयरलाइन्समार्फत काठमाडौं, राना र भण्डारीलाई थाइ एयरवेमार्फत बैंकक हुँदै नेपालमा डिपोर्ट गरेको हो।

    images

    पछिल्लो समय गैरकानुनी रूपमा बसोबास गर्ने विदेशीहरूमाथि दक्षिण कोरियाले निगरानी बढाएको छ। अवैधरूपमा बसोबास गर्ने नेपालीहरू पनि त्यहाँको अध्यागमनको निशानामा पर्दै आएका छन्। लामो समयदेखि सिओलमा बस्दै आएका एक नेपालीले भने, ‘कागजपत्र नभएका विदेशीहरूमाथि यहाँको अध्यागमन प्रहरीले सोधखोज गर्ने र त्यस्ता विदेशीहरूलाई काम दिने कम्पनीहरूमाथि समेत निगरानी बढाएको छ। कतिपय भिसाको म्याद सकिएपछि पनि काम गरिरहेका हुन्छन्, उनीहरुलाई डीपोर्ट गरिरहेको छ।’ 

    इपीएसबाहेक पनि आकर्षक तलब र भाषा परीक्षा बिनै दक्षिण कोरिया जान दलालको प्रलोभनमा परेर धेरै नेपालीहरू त्यहाँ पुग्ने गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार