Oct 28 2026 | २०८३ कार्तिक १२ गते

मलेसियाको श्रम विभाग

न्यूनतम पारिश्रमिक नदिने कम्पनीविरुद्ध ‘एक्सन’ मा मलेसियन सरकार, ३५ सुरक्षा गार्ड कम्पनी परे कारबाहीमा

न्यूनतम पारिश्रमिक नदिने कम्पनीविरुद्ध ‘एक्सन’ मा मलेसियन सरकार, ३५ सुरक्षा गार्ड कम्पनी परे कारबाहीमा

शुक्रवार, बैशाख १२ २०८२
  • काठमाडौं । मलेसियन सरकारले तोकेको श्रमिकको नयाँ न्यूनतम पारिश्रमिक १ हजार ७ सय मलेसियन रिंगेट नदिने ३५ सुरक्षा गार्ड कम्पनी कारबाहीमा परेका छन् ।

    ३५ सुरक्षा गार्ड कम्पनी कारबाहीमा

    images

    मलेसियाको श्रम विभागले अनुगमनका क्रममा देशभर अझै पनि ३५ सुरक्षा कम्पनीले गत १ फेब्रुअरी २०२५ देखि लागू भएको १ हजार ७ सय रिंगेट न्यूनतम पारिश्रमिकको आदेशको पालना नगरेको भन्दै कारबाही गरेको जनाएको छ । श्रम विभागका महानिर्देशक कमल पार्दीले अपराध गर्ने रोजगारदातालाई राष्ट्रिय ज्याला वार्ता परिषद् ऐन, २०११ (ऐन ७३२) अन्तर्गत जरिमाना गरिने बताए ।

    महानिर्देशक पार्दीका अनुसार मलेसियाको मानव संसाधन मन्त्रालयअन्तर्गतको श्रम विभागले सुरक्षा गार्ड कम्पनीमा कार्यरत कामदारले गुनासो गरेपछि अनुगमन गरेको बताए । कामदारले अझै पनि प्रतिमहिना पुरानै पारिश्रमिक १ हजार ५ सय रिंगेट दिँदै आएको गुनासो गरेपछि विभाग एक्सनमा उत्रिएको हो ।

    ‘हामीले देशभरका ३५ सुरक्षा कम्पनीको निरीक्षण गर्न एकैसाथ अपरेसन गर्यौं,’ उनले भने, ‘अझै पनि प्रतिमहिना १ हजार ५ सय रिंगेट पुरानो न्यूनतम तलब दिइरहेको पाइएपछि कारबाही गरेका हौं, हामीलाई आशा छ, अब कम्पनीले तुरुन्तै न्यूनतम पारिश्रमिक १ हजार ७ सय रिंगेट दिएर कानुनको पालना गर्नेछ र मार्च अनि अप्रिलको तलबबाट सुरु हुने यी तलब बक्यौता भुक्तानी गर्नेछ ।’

    सोही अवधिमा रोजगारदातालाई लगभग ७ सय जरिमाना र कम्पाउन्डहरू पनि लगाएको र त्यसबाट २ मिलियनभन्दा बढी राजस्व संकलन भएको जनाएको छ । त्यसैले जरिमाना तिर्नुको सट्टा, रोजगारदाताहरूले आफ्ना कर्मचारीलाई न्यूनतम ज्याला दिन विभागले सबै कम्पनीलाई अनुरोध गरेको छ । तोकिएको पारिश्रमिक नदिए कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

    यसअघि क्वालालम्पुरस्थित नेपाली दूतावासले मलेसियन सरकारले तोकेको श्रमिकको नयाँ न्यूनतम तलब १ हजार ७ सय मलेसियन रिंगेट नपाए गुनासो गर्न भनेको छ । दूतावासले एक सूचना जारी गर्दै तलब १ हजार ७ सय रिंगेट नपाएको गुनासो दूतावासले उपलब्ध गराएको लिंकमा गएर फाराम भरी जानकारी पठाउन मलेसियामा कार्यरत नेपालीलाई अनुरोध गरेको छ ।

    फाराम भरी पठाउने सम्पूर्णको विवरण गोप्य राखिने जानकारी पनि दूतावासले जनाएको छ । कतिपय रोजगारदाता कम्पनीले मलेसिया सरकारले बढाएको तलब नेपाली कामदारले नपाएको गुनासो बढेपछि दूतावास फाराम भरेर पठाउन अनुरोध गरेको हो ।

    दूतावासका अनुसार श्रमिकको नाम, राहदानी नम्बर, सम्पर्क नम्बर, कम्पनीको नाम, कम्पनीमा कार्यरत वर्ष र कम्पनीको सेक्टर फाराममा भरेर पठाउनुपर्नेछ । मलेसिया सरकारले १ फेब्रुअरीदेखि लागू हुनेगरी आप्रवासी कामदारको मासिक न्यूनतम पारिश्रमिक १ हजार ५ सयबाट बढाएर १ हजार ७ सय रिंगेट पु-याउने घोषणा गरेको थियो । तलब बढेसँगै अहिले मलेसियामा कार्यरत नेपाली श्रमिकको १ हजार ७ सय रिंगेट (करिब ५ हजार ३ हजार रुपैयाँ) पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार