Oct 30 2026 | २०८३ कार्तिक १४ गते

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा ९०३ जना प्रतिनिधि

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा ९०३ जना प्रतिनिधि

मंगलवार, चैत्र २६ २०८१
  • काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि ९०३ प्रतिनिधि दर्ता भएका छन् । संघको प्रतिनिधि व्यवस्थापन समितिका संयोजक तथा द्वितीय उपाध्यक्ष सञ्जु गुरुङका अनुसार लेबी बुझाएका ९०३ प्रतिनिधिको नाम टुंगो लगाइएको जानकारी दिए ।

    यो संख्या गत वर्षभन्दा २०० भन्दा बढी रहेकोे पनि उनले जानकारी दिए । सबै म्यानपावर कम्पनी कार्यालयमा सम्पर्क गरी संघमा प्रतिनिधि पठाउनुपर्ने विषयमा कतिपयलाई रहेकोे अन्योल अन्त्य गरेपछि संघमा प्रतिनिधिको संख्या बढेको उनको भनाइ छ । प्रतिनिधिको संख्या वृद्धिसँगै संघलाई आर्थिक रूपमा टेवासमेत मिलेको छ ।

    images

    संघको यसअघिको निर्वाचनमा ७०० प्रतिनिधि दर्ता भएका थिए । तीमध्ये ६४६ व्यवसायीले नयाँ नेतृत्वका लागि मतदान गरेका थिए ।जसमध्ये अध्यक्षमा निर्वाचित राजेन्द्र भण्डारीले १९९ मत ल्याएका थिए भने भुवनसिंह गुरुङले १५७, कुमुद खनालले १३१ मत र ईश्वर जीसीले १२८ मत पाएका थिए ।

    यस पटक २ प्यानल मात्र रहेका र मतदाता प्रतिनिधि बढेका कारण विजयी हुने उम्मेदवारले मत संख्या बढाउनुपर्ने देखिएको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार