काठमाडौं । वैदेशिक रोजगारीको लागि इराक पुगेका चार नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा बारपाक सुलिकोट- २ का निकेश गुरुङ, तेह्रथुमका टङ्कबहादुर फुम्बो, सिन्धुपाल्चोकका सञ्चमाई तामाङ र धादिङका भुवन गुरुङ रहेका छन्।
उनीहरुको सडक दुर्घटना, हृदयघात र आत्महत्याका कारण मृत्यु भएको हो।
गैर आवासीय नेपाली संघ (एनआरएनए) इराकका अध्यक्ष विनोद श्रेष्ठका अनुसार पछिल्लो समयमा अवैधानिक रूपमा इराक आएका नेपालीहरूको मृत्यु हुने सङ्ख्या बढेको साथै इराकमा नेपाली दूतावास नभएकोले गर्दा नेपाल शव पठाउन कठिन रहेको बताए । मृतक नेपालीको शव तत्काल नेपाल पठाउनको लागि सम्बन्धित निकायमा खबर गरिएको पनि उनले बताए ।
सरकारले इराक जानको लागि प्रतिबन्ध लगाए पनि गैरकानुनी बाटोबाट इराक जाने कामदारको संख्या धेरै छ।
२०६१ साल भदौ ११ गते सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले १२ नेपालीको विभत्स हत्या गरेको थियो। त्यसपश्चात् नेपाल सरकारले इराक जानको लागि प्रतिबन्ध लगाएको थियो ।



