Oct 29 2026 | २०८३ कार्तिक १३ गते

ठगी गरेको आरोपमा बानेश्वरबाट एक महिला पक्राउ

ठगी गरेको आरोपमा बानेश्वरबाट एक महिला पक्राउ

आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौँ । ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौँको नयाँ बानेश्वर स्थित गैरीगाउँबाट एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने कल्पना गैरे छिन् ।

    जबरजस्ती चोरी गरेर ठगी तथा आपराधिक लाभ लिएको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीविरुद्ध २०८१ फागु १५ मा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

    images

    शुक्रवार अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर उनलाई थप अनुसन्धान र कारबाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको थियो । काठमाडौँका एसएसपी विश्व अधिकारीले उनलाई अस्पताल बस्ने सुविधा दिएका छन् । गैरेलाई अल्का अस्पतालमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार