Oct 28 2026 | २०८३ कार्तिक १२ गते

‘दुखी आत्मा’ को सेन्सर : यूएईमा फेल, कतारमा पास

‘दुखी आत्मा’ को सेन्सर : यूएईमा फेल, कतारमा पास

आइतवार, फाल्गुण ४ २०८१
  • काठमाडौँ । नेपालमा शुक्रबारदेखि रिलिजमा आएको फिल्म  ‘दुखी आत्मा’ लाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिइरहेका छन् । हलमा फिल्म हेर्न पुगेका अधिकांश दर्शकले यसको कथावस्तु, कलाकारहरुको अभिनय, प्रस्तुति मन परेको बताए । एउटा नयाँ कथामा फिल्म बनेको भन्दै उनीहरुले सबैलाई हेर्न आग्रह गरे ।

    तर, यो फिल्म यूएईका दर्शकले भने हेर्न नपाउने भएका छन् । यो फिल्म यूएईको सेन्सरमा पास हुन सकेन । यूएईमा दुई पटक सेन्सर गर्दा पनि पास नभएकाले रिलिज हुन नसकेको निर्देशक तथा लेखक दीपेन्द्र लामाले जानकारी दिए ।

    images

    पहिलो पटक फिल्मको सेन्सर फेल भएपछि केही दृश्य काँटछाँट गर्न लगाइएको थियो । तर, दोस्रो पटक काँटछाँट गरेर सेन्सरमा लैजाँदा पनि फेल भएको निर्माणपक्षले बताएको छ । मिडिया कन्टेन्टको सिमारेखा भित्र नपरेका कारण फिल्म यूएईमा पास हुन नसकेको हो । यूएईमा ‘यूएई मिडिया काउन्सिलले’ फिल्म हेर्ने नियम छ ।

    यूएईमा फिल्म पास नभएपछि बहराइनमा पनि रिलिज नहुने पक्का भएको छ ।यूएईकै सेन्सरको निर्णय बहराइनमा पनि लागू हुने भएका कारण यस्तो भएको हो । तर, यो फिल्म कतारको सेन्सरबाट भने पास भएको छ । विना काँटछाँट फिल्म कतारको सेन्सरबाट पास भएको हो । कतारमा शुक्रबारबाट नै फिल्म लागिरहेको छ ।

    दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई लगायतका कलाकारहरुले अभिनय गरेको यो फिल्मले ‘इडी’ रोग लागेका पुरुषहरुको कथा भन्छ । हिमाल कडरिया निर्माता रहेको फिल्ममा सुदिप ढकाल कार्यकारी निर्माता छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार