Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाली चेली बेपत्ता प्रकरण

बेपत्ता ममताकी १ वर्षीया छोरीले आमा खोज्न थालेपछि हजुरआमा पुगिन् अमेरिका, बाबु नरेश थुनामा

बेपत्ता ममताकी १ वर्षीया छोरीले आमा खोज्न थालेपछि हजुरआमा पुगिन् अमेरिका, बाबु नरेश थुनामा

आइतवार, भाद्र १६ २०८१
  • काठमाडौं । बेपत्ता भएको एक महिनासम्म ममता काफ्ले भट्ट फेला परेकी छैनन् । उनी गत साउन १५ बाट बेपत्ता भएकी हुन् । 

    नेपाली चेली ममता अमेरिकास्थित आफ्नै घर मनसास पार्कबाट बेपत्ता भएपछि उनका श्रीमान् नरेश भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

    images

    आमा ममता बेपत्ता र बाबु नरेश थुनामा परेपछि उनीहरूकी एक वर्षीया नाबालिका छोरीले आमा खोज्ने, रुने, कराउने र टोलाउन थालेपछि ममताकी आमा गीता र उनका दाजु भर्जिनिया पुगेका छन् । 

    अमेरिकी प्रहरीले ममतालाई हत्या गरी मृत शरीर लुकाएको आरोपमा नरेशलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।घरमा भारी मात्रामा रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्कबाट प्रहरीले भदौ ७ मा नरेशलाई पक्राउ गरेको थियो । 

    यसलगत्तै काफ्लेको माइती पक्षले नेपालस्थित अमेरिकी दूतावासका अधिकारीहरुसँग समेत भेट गरेका थिए । त्यसपछि उनीहरूले अमेरिका जाने प्रक्रिया थालेका थिए । भिसा लगायतका प्रक्रिया पूरा भएपछि उनीहरू अमेरिका पुगेको सहकुलप्रसाद तिम्सिनाले बताए । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार