काठमाडौं । हिजो ३३ लाख घुस लिँदालिँदै पक्राउ परेका मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले ठेक्का सम्झौताको मोबिलाइजेसन फण्ड भुक्तानी तथा बाँकी काम सहजीकरण गरिदिने आश्वासन दिएको पाइएको छ ।
घिमिरे र गुड नेबर्स इन्टरप्राइजेज प्रा.लि. कोटेश्वर, काठमाडौंका सञ्चालक वरुण ढुङ्गेललाई सोमबार अख्तियारले निकोसेराबाट पक्राउ गरेको थियो ।
अख्तियारका अनुसार ठेक्का सम्झौताबमोजिमको नियमानुसार बाँकी किस्ता मोबिलाइजेसन फण्डको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिएको र अन्य बाँकी काममा पनि सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरिएको भन्ने सूचना तथा उजुरी आयोगमा परेको थियो ।
पक्राउ परेका दुवैजनालाई विशेष अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।



