Nov 03 2026 | २०८३ कार्तिक १८ गते

एनपीएल

जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित

जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित

मंगलवार, कार्तिक १८ २०८३
  • काठमाडौं ।  नेपाल प्रिमियर लिग(एनपीएल)मा जनकपुर बोल्ट्समाथि विराटनगर किंग्सले रोमाञ्चक २ रनको जित दर्ता गरेको छ। 

    अन्तिम बलमा ३ रन चाहिँदा सैफ हसन अन्तिम बलमा  ठूलो सट खेल्न खोज्दा क्याच भए। अन्तिम ओभरमा जितको लागि १३ रन चाहिँदा जनकपुरले १० रनमात्रै जोड्न सक्यो। 

    images

    कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १७४ रन बनाएको थियो। १७५ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनायो।  

    जनकपुर बोल्ट्सका लागि सैफ हसनले सर्वाधिक ७१ रन बनाए। उनले ४८ बलमा २ चौका र ५ छक्का प्रहार गरे। उनले चौथो विकेटको लागि विशाल सुस्लिङसँग ७६ रनको साझेदारी बनाए। पाँचौं विकेटको लागि जिमी निशमसँग ५६ रनको साझेदारी बनाए। 

    ओपनरद्वय मोइन अलि र तृत राज दासले क्रमशः १० र ६ रन बनाए। अनिल शाह भने डक आउट भए। विशाल सुस्लिङले जनकपुरको धराप भएको पावरप्लेलाई मिडल अर्डर राम्रोसँग सम्हाले । विशालले ४३ रन बनाए। जिमी निशमले २७ रन बनाए। कप्तान हर्मित सिंह डक आउट हुँदा अभिषेक तिवारी छ रनमा अविजित रहे। विराटनगर किंग्सका लागि आन्द्रे रसेलले ४ विकेट लिँदा एन्जेलो म्याथ्यूसले २ र रुपेश सिंहले १ विकेट लिए। 

    त्यसअघि ब्याटिङ गरेको विराटनगरको लागि दोस्रो विकेटको लागि इम्रान शेख र लोकेश बमले शतकीय साझेदारी गरे। इम्रान शेखले ४५ बलमा ५ चौका र २ छक्कासहित ५६ रन बनाए। उनी र लोकेशले दोस्रो विकेटको लागि १०७ रनको शतकीय साझेदारी बनाए। 

    लोकेश बमले ४० बलमा समान ३ चौका र ३ छक्कासहित ५० रन बनाएर क्याच भए। विराटनगर किंग्सले पहिलो विकेटको रुपमा ओपनर शेहान जयसुरियाको विकेट गयो। उनी खाता मात्रै खोल्दै मोइन अलिको बलमा एलबीडब्ल्यू आउट भए। त्यसपछि भने विराटनगरले सम्हालिएर ब्याटिङ गर्‍यो। दास्रो विकेटको साझेदारीले र आन्द्रे रसेलको आक्रमक अर्धशतकमा विराटनगरले सम्मानजनक लक्ष्य बनाएको हो। आन्द्रे रसेलले २९ बलमा २ चौका र ५ छक्कासहित ५२ रनसहित अविजित रहे। शुभम रन्जाने ७ मा अविजित रहे। 

    जनकपुर बोल्ट्सको लागि अभिषेक तिवारी र मोइन अलिले १ विकेट लिए। जनकपुर बोल्ट्सले पहिलो खेलमा कर्णाली याक्ससाग १९ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको थियो। तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ९ रनको जित दर्ता गरेको थियो।

    विराटनगरले पहिलो खेलमा चितवन राइनोजसँग ८ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा विराटनगरले कर्णाली याक्ससाग ४ विकेटको हार बेहोरेको थियो। तेस्रो खेलमा विराटनगरले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हराएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार