Oct 29 2026 | २०८३ कार्तिक १३ गते

भीमफेदीमा बसको ठक्करबाट महिलाको मृत्यु

भीमफेदीमा बसको ठक्करबाट महिलाको मृत्यु

बिहिवार, कार्तिक १३ २०८३
  • काठमाडौँ  । मकवानपुरको भीमफेदी गाउँपालिका–८ इपाको देउरालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानीय ५८ वर्षीया लीला खत्री रहेकी छन् । इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार इपाबाट भीमफेदी हुँदै हेटौँडातर्फ आउँदै गरेको बा २ ख ९४३० नम्बरको बसबाट ओर्लिएर सडक पार गर्ने क्रममा सोही बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

    images

    घटनापछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ । मृतक खत्रीको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइँदै गरेको जनाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार